७ चैत्र २०७९, मंगलवार

शहरी विकासका लागि एडिबीको सहयोग

२०७४,आश्विन,९,सोमवार १५:०५

0
Shares

काठमाडौं, ९ असोज – एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित आठ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि १५ करोड अमेरिकी डलरको ऋण सहायतालाई अनुमोदन गरेको छ ।क्षेत्रीय शहर विकास परियोजनाले अतिकम विकसित प्रदेश नं ७ का चार नगरपालिकासहित दक्षिणी तराईका नगरपालिकामा लगानी गर्नेछ । सो प्रदेशका ४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्दै आएका छन् । उनीहरुको उचित फोहर संकलन र प्रशोधन केन्द्रसम्मको पहँुच छैन ।सो परियोजनाबाट १५ लाखभन्दा बढी जनता लाभान्वित हुने बताइएको छ । परियोजनाअन्तर्गत २०० किमी नाली निर्माण, २४० किमी सडकको सुधार, ४० किमी सडकपेटी निर्माण, चार फोहर संकलन केन्द्रको स्थापना र २० किमी ढल निर्माण गरिनेछ ।“नेपालको अर्थतन्त्र र विकासमा तराई क्षेत्रको योगदानलाई ध्यानमा राख्दा यस क्षेत्रमा सुविधा र पूर्वाधारमा सुधार ल्याउन अति जरुरी छ, यो परियोजनाले दक्षिणी भेगमा बस्ने जनतालाई दिगो, समावेशी प्रतिफल दिलाउनाका साथै प्रतिकूल मौसमको सामना गर्न सक्ने तुल्याउँछ,” बैंकका शहरी विकास विशेषज्ञ भिभियन कास्ट्रो वल्र्डरिज्डले भने ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी

काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राज्यले कसैप्रति विभेद नगर्ने बताएका छन् । मोरङको रंगेलीमा नेपाल

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ । पाँच वर्षसम्म

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६