काठमाडौं – सामाजिक सञ्जाल मार्फत ‘कोभिड- १९’ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टो अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका – ७ घर भई हाल कास्की पोखरा महानगरपालिका – ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका – ४ घर भई कास्की पोखरा महानगरपालिका – ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट ‘कोभिड – १९’ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । file:photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया