कोरोनाबाट ७८ वर्षीया महिलाको मृत्यु

काठमाडौं । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ की ७८ वर्षीया महिला रहेकी छन् ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका तीन, बारा, गोर्खा र कैलालीका एक-एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?