काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँ मानिसहरुको निधन भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने अहिलेसम्म पाईसकेका छैनन् ।
यसैबीच कुनैबेला कोरोनाको केन्द्र रहेको इटालीमा अहिले कोरोनाबाट ठिक भईसकेकाहरुलाई धमाधम बोलाउन थालिएको छ ।

एक एक गरेर सबैलाई अस्पताल बोलाउन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । डाक्टरहरुले उनीहरुलाई अहिलेको स्वास्थ्य कस्तो छ भने सोधिरहेको बताइएको छ ? कोरोनाबाट बिरामी भएका आधा संक्रमितहरुले पूरा स्वास्थ भईसकेको बताएका छन् ।
वाशिंगटन पोस्टको रिपोर्टका अनुसार कोरोना नेगेटिभ भईसकेका मानिसहरुको ब्लड स्याम्पल लिइरहेको छ । हार्ट र फोक्सोको जाँच गरिएको छ ।

साथै मानिसको जीवनमा आएका परिवर्तनहरुको बारेमा सोधिरहिएको छ ।
डाक्टरले एक ५४ वर्षकी महिलालाई कस्तो महशुस गरिरहनु भएको छ भनेर प्रश्न गरेका थिए, जसमा महिलाले ८० वर्षकी महिलाको जस्तो महशुस गरिरहेको बताएकी थिइन् ।

डाक्टरहरुले पहिला संक्रमित भएकाहरु फेरि पूर्ण रुपमा स्वस्थ भएको हुन नसक्ने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया