कोरोनाबारे ट्रम्पले बोलेका ५ झुट

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिँदै आईरहेको छ । यस्तो अवस्थामा खोजी पत्रकार बोब वुडवर्डको किताब रेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चिन्ता थपिदिएको छ ।

यो कितावमा वुडवर्डले ट्रम्पलाई लिएर केहि दाबी गरेका छन् । अब आउने हप्तामा मात्र यो किताव बजारमा आउनेछ । कितावको लागि उनले ट्रम्पसँग १८ पटक अन्तर्वार्ता लिएका थिए ।

१.कितावमा ट्रम्पलाई कोरोनाको गम्भीरताको बारेमा थाहा भएको दाबी गरिएको छ । उनी भाइरस घातक र धेरै संक्रामक भएको जान्दथे ।र पनि ट्रम्पले झुटो बोले ।

ट्रम्पले बच्चाको इम्युन सिस्टम कोरोनाका लागि पर्याप्त रहकेो समेत बताएका थिए । यो कितावमा १९ मार्चको एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई थाहा थियो कि, यो धेरै घातक छ, तर म कसैलाई डराएर बसेको देख्न सक्दिन थिएँ र अहिले पनि त्यहि गर्दछु, उनले भनेका थिए भाइरसलाई लिएर अचम्मित पार्ने जानकारी मिलेको थियो ।’

२.राष्ट्रपति ट्रम्पलाई उनकै प्रशासनका अधिकारी नै खतरनाक र राष्ट्रपति पदको लागि अयोग्य मान्ने गर्दथे । कितावमा ट्रम्पका पूर्व डिफेन्स सेक्रेटरी जिम म्याटिस र नेशनल इन्टेलिजेन्सका डाइरेक्टर ड्यान कोट्ससँग सन् २०१९ मा भएको कुरा रहेको छ । कोट्सले भनेका थिए कि,रुससँग ट्रम्पका लागि केहि छ, ट्रम्पले रुसलाई दिएको साथीको सम्बन्ध डरलाग्दो थियो ।

३. ट्रमपले सेना र जनरलको बारेमा नराम्रो बोले

कितावमा ट्रम्पले सन् २०१७ को एक मिटिङमा आफ्ना ट्रेड एडभाइजर पीटर नवारोसँग सेनाका अधिकारीहरुको बारेमा नराम्रो भनेका थिए,साथै अन्तर्वार्तामा ट्रम्पले दक्षिण कोरियाको रक्षाका लागि खर्च गरिने बजेटमा आपत्ति जनाएका थिए । यसका लागि उनले अमेरिकी सेनामाथि आपत्ति जनक शब्द बोलेका थिए ।

४. अश्वेतको बारेमा राय

वुडवर्डले अन्तर्वार्तामा अश्वेतको दुख सम्झिने कोशिस गर्नु भएको छ ? भनेर सोधेका थिए, जसमा ट्रम्पले उत्तरमा नाई मात्र दिएका थिए ।

५.ट्रम्पले वुडवर्डलाई उत्तर कोरियाका लीडर किम जोङ उन र उनको बीचमा लेखिएका चिठी पनि देखाएका थिए । कितावमा यसको बारेमा पनि लेखिएको छ । चिठीमा उनीहरु दुबै एक अर्काको चाप्लुसी गर्दै रहेको देखिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?