बिरालोमा सोचेभन्दा धेरै कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हरेक दिन हजारौँको मत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

यसैबीच चीनको वुहानमा हाल गरिएको एक अध्ययनमा शुरुवाती अनुमानको तुलनामा बिरालोमा कोरोना भाइरसको संक्रमण धेरै फैलिएको पाइएको छ ।

हुआझोंग कृषि विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले महामारीको पहिलो चरणमा जनवरीबाट मार्च २०२०को बीचमा १०२ वटा बिरालोमा रक्त नमुना लिइएको थियो ।

उनीहरुले बिराोको अन्य नमूना पनि लिएका थिए । इमर्जिङ माइक्रोब्स एण्ड इन्फेक्शन्स पत्रिकामा यो अध्ययन प्रकाशित गरिएको छ । यसमा १५ बिरालोको रगतमा एन्टीबडी थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?