कोरोनाको प्रकोप : अमेरिकामा घट्दै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख १३ हजार ८५३ जनाको मृत्यु भएको छ भने २ करोड ८३ लाख २१ हजार ७७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३ लाख ३५ हजार ९९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ७५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९६ हजार ३२८ जनाको मृत्यु भएको छ भने ६५ लाख ८८ हजार १६३ जनालाई संक्रमण भएको छ ।

३८ लाख ७९ हजार ९६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ११ हजार ८७५ जना उपचाररत छन् । त्यस्तै १४ हजार ५०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

क्यालिफोर्नियामा १४ हजार ९० जनाको मृत्यु भएको छ भने ७ लाख ५१ हजार ७४७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६ लाख ८१ हजार ९८६ जनालाई संक्रमण भएको छ भने १४ हजार १९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा १२ हजार ३२६ जनाको मृत्यु भएको छ भने ६ लाख ५४ हजार ७३१ जनालाई संक्रमण भएको छ । अमेरिकामा बिहीवार मात्रै ३८ हजार ८११ जनालाई संक्रमण भएको छ भने १ हजार ९० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?