काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख १३ हजार ८५३ जनाको मृत्यु भएको छ भने २ करोड ८३ लाख २१ हजार ७७९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ करोड ३ लाख ३५ हजार ९९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ७५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म् ७६ हजार ३०४ जनाको मृत्यु भएको छ भने ४५ लाख ५९ हजार ७२५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३५ लाख ३९ हजार ९८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जना उपचाररत छन् । त्इस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा बिहीवार हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । त्यहाँ बिहीवार ९६ हजार ७६० जना संक्रमित थपिएका छन् भने १ हजार २१३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया