अमेरिकी एयरफोर्सले ल्यायो रोबोटिक कुकुर प्रयोगमा

काठमाडौं । अमेरिकी एयरफोर्सले रोबोटिक कुकुर प्रयोगमा ल्याएको छ । रोबोटिक कुकुरले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिएको छ ।

रोबोटिक कुकुर अत्याधुनिक रोबोटहरु एडभान्स ब्याटल म्यानेजमेन्ट (एबीएमएस) प्रणाली जोड्ने एउटा पाटोमात्रै रहेको अमेरिकी सेनाले जनाएको छ । रोबोटिक कुकुर अमेरिकी सेनाको अहिलेसम्मकै ठूलो उच्च प्रविधिको प्रयोग पनि हो ।

A Ghost Robotics Vision 60 prototype operates at Nellis Air Force Base, Nevada, on September 3.

एयरफोर्स न्युजले ३ सेप्टेम्बरमा जारी गरेको समाचार विज्ञप्तिअनुसार एयरफोर्स सी १३० मा उडेर सम्भावित खतरनाक एयरफिल्डमा पुगेका सैनिकहरुले आफु विमानभित्रै बसेर रोबोट कुकुरहरुलाई खतरा पत्ता लगाउन बाहिर उतारेका थिए । यी अत्याधुनिक रोबोटहरु एडभान्स ब्याटल म्यानेजमेन्ट (एबीएमएस) प्रणाली जोड्ने एउटा पाटोमात्रै रहेको अमेरिकी सेनाले जनाएको छ ।

यस प्रणालीले अन्तरीक्षमा अमेरिकी सेनाको सम्पत्ती तथा अमेरिकामा सम्भावित मिसाइल्स वा अन्य विधिबाट हुने हमलाको जोखिम पहिचान र काउन्टरका लागि आर्टिफिसियल इन्टेलिजेन्स र र्‍यापिड डाटा एनालिटिक्सको प्रयोग गर्छ । एयरफोर्स अफ आक्वजिसन, टेक्नोलोजी एन्ड लजिस्टिकका एसिस्टेन्ट सेक्रेटरी विल रोपरका अनुसार भविष्यमा सैनिकहरुसामु युद्धमैदानमा सुचनाको दुविधाग्रस्त संकलन मुल्याङकन गर्नुपर्ने चुनौती हुनेछ ।

US Air Force Tech. Sgt. John Rodiguez provides security with a Ghost Robotics Vision 60 prototype during an exercises on Nellis Air Force Base in Nevada.

‘प्रभावकारी रुपमा लड्नका लागि उनीहरु नानो सेकेन्डमा गरिने डाटा सिन्थेसिसको भर पर्नेछन्,’ रोपरले एमबीएमएस अभ्यासबारे भनेका छन्, ‘डाटा नै युद्धको आधारभूत स्रोत हुनेछ । आगामी पुस्ताको युद्धमा जेट इन्धन वा स्याटेलाईटभन्दा यसको महत्व कम हुनेछैन ।’ ३१ अगस्टदेखि ३ सेप्टेम्बरसम्म आयोजित पछिल्लो अभ्यासमा कोस्टल गार्ड र उद्योगका दर्जनौं टोलीसहित अमेरिकी सेनाका सबै शाखाको सहभागिता थियो । अभ्यासका क्रममा देशका ३० स्थानहरु प्रयोग गरियो ।

नभादास्थित निलइज एयर फोर्स बेस तालिमका लागि प्रयोग भएका स्थानहरुमध्ये एक थियो, जहाँ रोबोट कुकुरहरु एकसाथ बाहिर निस्किए । ‘हाम्रा सबै रक्षकहरुलाई विमान नजिक राख्दै कुकुरहरुले हामीलाई यस क्षेत्रको दृश्य दिन्छन्,’ एयर फोर्सको ६२१ औं कन्टिन्जेन्सी रेस्पोन्स ग्रुपका मास्टर सर्जेन्ट लि बोस्टनले भनेका छन् ।

 

यी कुकुर रोबोटको उत्पादन घोस्ट रोबोटिक्स अफ फिलाडेलफियाले गरेको हो, यस कम्पनीले उनीहरुलाई भिजन ६० युजीभी वा स्वतन्त्र मानवरहित ग्राउन्ड भेहिकल्स नाम दिएको छ । यस कम्पनीले कुनै पनि मैदान वा वातावरणमा सेन्सरहरुको समुह र रेडियोहरु बोक्दै सञ्चालनमा आउनसक्ने रोबोटको क्षमताबारे प्रचार गरेको छ ।

‘खुट्टासहितका अन्य रोबोट र परम्परागत व्हिल–ट्रयाक्ड युुजीभीहरुको दाँजोमा कम प्राविधिक कठिनाईसहित खुट्टासहितका हाम्रा रोबोट डिजाईन गरिएका छन्,’ कम्पनीको वेवसाइटमा उल्लेख छ, ‘कठिनाई कम गरेर हामीले स्वत यसको स्थायित्व, तिव्रता र धैर्यता बढाएका छौं । हाम्रा क्यिु–युजीभीहरु रोकिदैंनन् ।’

भविष्यमा यी रोबोटहरु अमेरिकी सेनाको महत्वपूर्ण हिस्सा बन्न सक्छन्, एयर फोर्सको विज्ञप्तिले यसलाई ‘किल चेन’ भनेको छ । ‘सबै युद्धक्षेत्रमा स्पिडमा अन्डर थ्रेटमा सेन्सरलाई सुटर्ससँग लिंक गर्न एबिएमएस कसरी प्रयोग गर्ने भनेर हामी खोज गर्दैछौं । सुचनाको युगमा लड्न र जित्नका लागि यस्ता सोच र क्षमतालाई परिपक्व बनाउनु जरुरी छ,’ स्पेस अपरेशन्सका प्रमुख जनरल जोन रेमण्डले भनेका छन् । ‘हाम्रा वारफाइटर्स र फाइटर कमाण्डहरुले जित्नका लागि इन्टरनेटको स्पिडमा लड्नैपर्छ,’ एयरफोर्स चिफ अफ स्टाफ जनरल चाल्र्स ब्राउन जुनियरले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?