काठमाडौं । अब विदेशबाट आउने तथा एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा पनि आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ ।
त्यस्तै क्वारेन्टाइनमा बसेको १४ दिनमा कोरोनाको कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर डाक्टर गौतमले बताएका छन् ।
विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।
मन्त्रालयले पीसीआर रिपोर्ट नभइ आपतकालिन शल्यक्रिया नगर्ने स्वास्थ्य संस्था र चिकित्सकलाई कानून अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया