काठमाडौँ, २४ फागुन-संघीय सरकारमा १८ मन्त्रालय गठन गरिए पनि नयाँ मन्त्रालयका संरचना भने पहिलेकै जस्ता अस्तव्यस्त हुने गरी प्रस्ताव गरिएका छन् । विगतमा सिंहदरबारबाट सम्पादन हुने अधिकांश काम र अधिकार प्रदेश र स्थानीय तहमा स्थानान्तरण भए पनि नयाँ मन्त्रालयमा उस्तै प्रकृतिका महाशाखा प्रस्ताव गरिएका छन् । प्रस्तावमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्ययन भइरहेको छ । मन्त्रिपरिषद्को कार्यालयले ६–६ वटा मन्त्रालयलाई एक ठाउँमा राखेर ती मन्त्रालयले प्रस्ताव गरेका संगठन संरचनाको छलफल र अध्ययन गरिरहेको नयाँ पत्रिकामा खबर छ ।नयाँ मन्त्रालयको संगठन संरचनामा ३१ मन्त्रालय हुँदा रहेका करिब सबै महाशाखालाई जस्ताको तस्तै राख्ने गरी छलफल भएको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । उनका अनुसार गाभिएका मन्त्रालयको आन्तरिक प्रशासन महाशाखा, लेखा शाखा, योजना महाशाखा, अनुगमन महाशाखाबाहेकका महाशाखालाई जस्ताको तस्तै राख्ने तयारी भइरहेको छ । ‘गाभिएका साबिकका मन्त्रालयका सचिवहरू अर्को व्यवस्था नहुँदासम्म त्यही मन्त्रालयमा महाशाखा बाँडेर रहने भएका छन्,’ ती सचिवले भने, ‘त्यही आधारमा साबिकका मन्त्रालयका सचिवले आफूअन्तर्गत धेरै महाशाखा र शाखा रहोस् भन्ने चाहनासहित संगठन संरचनाको प्रस्ताव ल्याएका छन् ।’नयाँ मन्त्रालयको संगठन संरचनाका प्रस्ताव मन्त्रालयलाई चुस्त र प्रभावकारी बनाउने गरी भन्दा पनि सिंहदरबारका सचिव र सहसचिवलाई त्यहीँ अटाउने लक्ष्यसाथ भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया