काठमाडौं आवत जावतमा थप कडाई, यी हुन् नयाँ नियम (सूचनासहित)

काठमाडौं । काठमाडौं बाहिर जानेहरुका लागि थप कडाइ गरिएको छ । यस अघि अत्यावश्यक काम जस्तै दाहसंस्कार, कर्मचारीको सरुवा भइ जानुपर्ने लगायतका लागि सवारी सहजीकरण गरिँदै आएको थियो । तर अब सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको स्पष्ट कारण खुल्ने कागजपत्र साथै जाने जिल्ला प्रशासन कार्यालयको अनुमती पत्र देखाउनुपर्ने तथा सम्बन्धित स्थानीय तहको अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै काठमाडौं बाहिर जानको लागि माथिका विवरण सहित स्वयम व्यक्ति नै उपस्थित हुनुपर्ने बताएको छ । तोकिएका अत्यावश्यक कामबाहेक भने काठमाडौं भन्दा बाहिर जानेलाई सवारी सहजीकरण नगरिने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?