नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५ हजार ७ सय जना रहेको छ । कुल संक्रमित मध्ये ७१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३२१८ जना

प्रदेश २ मा १०१५२ जना

वाग्मती प्रदेश ६००७ जना

गण्डकी प्रदेशमा २०७७ जना

प्रदेश ५ मा ६१३३जना

कर्णाली प्रदेशमा २४२४ जना

सुदूरपश्चिम प्रदेशमा ५६८९ जना

त्यस्तै, बितेको २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १४४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ समेत गरी ४०२ जना महिला र ८४४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १४ हजार ४४८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार ४३८ जना र संस्थागत आईसोलेसनमा ८ हजार १० जना छन् । तिमध्ये १६५ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ८०६ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी,सर्लाही, चितवन र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३१७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?