काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ६ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ६ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
संक्रमण मुक्त ६ जिल्लाहरु
- सोलुखुम्बु
- मनाङ
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
बितेको २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १४४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ समेत गरी ४०२ जना महिला र ८४४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १४ हजार ४४८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार ४३८ जना र संस्थागत आईसोलेसनमा ८ हजार १० जना छन् । तिमध्ये १६५ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ८०६ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी,सर्लाही, चितवन र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३१७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया