काठमाडौं उपत्यकमा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा एकैपटक थपिएका संक्रमितममध्ये अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

नेपालमा बितेको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै हालसम्म कुल संक्रमितको ७१ प्रतिशत अर्थात ३५ हजार ७ सय जना कोरोना निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ हजार ८ सय १८ जना कोरोना मुक्त भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । त्यस्तै नेपालमा हाल १४ हजार ४ सय ४ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । भने हाल नेपालमा ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ३१५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?