नेपालमा कोरोना अपडेट विवरणसहित : कुन जिल्लामा कति थपिए संक्रमित र मृतक ?

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा  १ जना महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै एकजना महिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले बताए ।

काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र ८३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै चितवनमा ६२ वर्षिय पुरुष र कपिलवस्तुमा २९ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । बितेको २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । बितेको २४ घण्टामा ११ हजार १ सय ४४ वटा पीसीआर परीक्षण भएको छ । काठमाडौंमा मात्रै आज ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमित ‘Active case’ को संख्या १४ हजार ४ सय ४८ जना रहेको छ ।

प्रदेश नम्बर १ मा ४ सय ७२, प्रदेश नम्बर २ मा ४ सय २५, बाग्मती प्रदेशमा ४ हजार ५ सय ३९ र गण्डकी प्रदेशमा ७ सय ५३ जना, प्रदेश नम्बर ५ मा १ हजार ४५, कर्णाली प्रदेशमा २ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७४, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ४ सय ५७ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ६९ गरी देशभरी ६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आज आइसियुमा १ सय ६५ जना भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार ८ सय १८ जा संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश नम्बर १ मा ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने नियम बनाएको छ ।

१४ दिनमा कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने मन्त्रालयका प्रवक्रा डाक्टर गौतमले बताएका छन् । यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले पीसीआर रिपोर्ट नभइ आपतकालिन शल्यक्रिया नगर्ने स्वास्थ्य संस्था र चिकित्सकलाई कानून अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

मन्त्रालयका अनुसार कहाँ कति थपिए संक्रमित र मृतक हेर्नुहोस् विवरण :

No photo description available. No photo description available. Image may contain: text that says 'प्रदेशहरू महिला पुरुष जम्मा .सं. ४5 ४९ ५० ५१ ५२ ५३ ६ 义 जिल्ला सल्यान सुर्खेत कैलाली डोटी बाजुरा बैतडी ५ ७ 98 सुदुरपस्चिम २१ १ 9 ૧ आजको जम्मा 9 ૪०२ 544 आजसम्मको जम्मा १२४६ ५०,४६५ प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९६६ ५१५ ४५० हालसम्मको डिस्वार्जको संख्या ३२१६ १०१५२ ६००७ २०७७ प्रदेश ૧ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५९४ ૧૧૪૪ ६૪૪ १४७३ ६੧३३ २४२४ ५६६९ ४६०६ ३५७०० कोभिड- अद्यावधिक विवरण मिति: २०७७/०५/२५ गते'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?