काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज साँझको लागि तय गरिएको मन्त्रिपरिषद् बैठक भोलीसम्मका लागि स्थगित भएको हो ।
भोली बस्ने नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समय दिनुपर्ने भएकाले बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिका विषयमा छलफल हुने भनिएको थियो । बैठक स्थगित भएसँगै भोली बस्ने बैठकमा उक्त विषयको छलफल हुनेछ ।
मन्त्रिपरिषद् बैठक भोली साँझका लागि बोलाइएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया