सन्यास लिईसकेका युवराजले फेरि खेल्न बीसीआईलाई पठाए चिठी

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी युवराज सिंहले घरेलु क्रिकेट फेरि खेल्न चाहेको बताएका छन् ।

यसका लागि उनले बीसीआई प्रेसिडेन्ट सौरव गांगुली र सेक्रेटरी जय सिंहलाई चिठी लेखेर अनुमति मागेका छन् ।

उनले क्रिकेटको वेबसाइट क्रिकबजलाई बुधवार दिएको एक अन्तर्वार्तामा यो जानकारी दिएका हुन् ।उनले गएको वर्ष १० जूनमा क्रिकेटका सबै फम्र्याटबाट सन्यास लिएका थिए ।

उनी भारतको राष्ट्रिय टिमका एक भरपर्दा ब्याट्सम्यान थिए ।

उनको नाममा धेरै विश्व रेकर्ड पनि रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?