काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा दुबै दशका सैनिकबीचमा भएको हिंसात्मक झडपको पछिल्लो भिडियो सार्वजनिक भएको छ ।
गत जून १५ तारिखमा भएको पहिलो हिंसात्मक झडपमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्लो झडपमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।

सीमाको भारतीय क्षेत्रमा चिनियाँ सैनिक पसेपछि झडप भएको भारतले जनाएको छ भने चीनले आफू भारतको क्षेत्रमा नगएको बताउँदै आएको छ ।
३ मिनेट २५ सेकेण्डको यो भिडियोमा भारत र चीनका सैनिकहरु लौरोले एक अर्कालाई प्रहार गरिरहेको देख्न सकिन्छ ।
पछिल्लो समय चीन र भारतबीचमा सीमावर्ती क्षेत्रको विषयलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको छ ।
एजेन्सीको सहयोगमा
भिडियो हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस्
https://dainik-b.in/VV2zM5YDD9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया