काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
यसैबीच एक १०८ वर्षीया वृद्धाले मात्र नौ दिनमै कोरोनालाई जितेर एक उदहरण प्रश्तुत गरेकी छन् ।
भारतको अजामगढकी उक्त वृद्धाले आफ्नो आत्मबलले कोरोनालाई हराएको बताएकी छन् ।
मात्रै नौ दिनमा कोरोनालाई हराएपछि उनी अहिले घर गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उनी ३१ अगस्टमा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएकी थिइन् ।
पछि कोरोना टेस्ट गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ९ सेप्टेम्बरमा उनी निको भएकी हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया