‘अक्सफोर्ड’को कोरोनाविरुद्धको ‘भ्याक्सीन’को ‘ट्रायल’ रोकिएपछि बोल्यो ‘डब्ल्यूएचओ’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा ९ लाख ७ हजार ९१९ जनाको मृत्यु भएको छ भने २ करोड ८० लाख १९ हजार ७७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २ करोड ९५ हजार ९५२ जना संक्रमण मुक्त भएको छ भने विश्वमा ६० हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसकाकारण ६१५ जनाको मृत्यु भएको छ भने ४ हजार ९२८ जना संक्रमित थपिएका छन् ।

विश्वमा अहिले ७० लाख १५ हजार ९०० जना उपचाररत छन् ।

विश्व स्वास्थ्य संगठन का बयान

यसैबीच कोरोनाविरुद्धको भ्याक्सीन बनाईरहेको अक्सफोर्ड युनीभर्सिटीको भ्याक्सीनको ट्रायल रोकिएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मुख खोलेको छ ।

वैक्सीन सुरक्षित होनी चाहिए

एक भ्यालेन्टियरमा यसको साइड इफेक्ट देखिएपछि ट्रायल तत्कालका लागि रोकिएको हो । अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीन डब्ल्यूएचओले आशा गरेको भ्याक्सीन थियो ।

सभी नियमों का पालन जरूरी

डब्ल्यूएचओले भ्याक्सीनको ट्रायल रोकिएपछि कुनै पनि अवस्थामा भ्याक्सीनको सुरक्षामाथि कुनै पनि सम्झौता हुन नहुने बताएको छ ।

रोका गया है ट्रायल

डब्ल्यूएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथजले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँगको कुराकानीमा कोरोनाविरुद्धको भ्याक्सीनको सबैभन्दा पहिलो र आवश्यक प्राथमिकता त्यसको सुरक्षा हुन आवश्यक रहेको बताएकी छन् ।

एस्ट्रेजेनेका के प्रवक्ता का बयान

उनले भ्याक्सीन निर्माण गर्दा सबै नियमको पालना गर्न आवश्यक रहेको पनि बताएकी छन् । अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाद्वारा बनाइएको कोरोनाविरुद्धको भ्याक्सीनको तेश्रो चरणको ट्रायल अमेरिकामा रोकिएको छ ।

सिर्फ कुछ दिनों के लिए रुका है ट्रायल

एक भ्यालेन्टियर्समा नराम्रो साइड इफेक्ट देखिएपछि यसको ट्रायल तत्कालका लागि रोकिएको हो । एस्ट्रेजेनेकाका प्रवक्ताले यो एउटा रुटीन एक्शन भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?