चीन-भारत सीमा विवाद : आज एयरफोर्समा सामेल गरिँदै राफेल

काठमाडौं । आज भारतीय वायुसेनामा नयाँ शक्ति थपिँदै छ ।

फ्रान्सबाट केहि महिना अघि ल्याइएका ५ लडाकू विमान राफेल आज एयरफोर्सलाई औपचारिक रुपमा दिइने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अम्बाला एयरबेसमा आयोजित भव्य कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंह र फ्रान्सकी रक्षामन्त्री पनि कार्यक्रममा सहभागी हुनेछिन् ।

सीमासुरक्षालाई मध्यनजर गर्दै भारतले आफ्नो ५ वटा राफेल लडाकू विमान एयरफोर्समा सामेल गराउन लागेको हो ।

अहिले चीन र भारतबीचमा पूर्वी लद्दाखको गलवान घाटीमा विवाद चरमउत्कर्षमा पुगेको छ ।

गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो भने २९ अगस्टमा भएको दोश्रो झडपमा एक अन्य सैनिकको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?