कोरोनाको प्रकोप : अमेरिकामा कम हुँदै कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा ९ लाख ७ हजार ९१९ जनाको मृत्यु भएको छ भने २ करोड ८० लाख १९ हजार ७७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २ करोड ९५ हजार ९५२ जना संक्रमण मुक्त भएको छ भने विश्वमा ६० हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९५ हजार २३९ जनाको मृत्यु भएको छ भने ६५ लाख ४९ हजार ४७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ४६ हजार ९५ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ८ हजार १४१ जना उपचाररत छन् । त्यस्तै १४ हजार ५७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १३ हजार ९९० जनाको मृत्यु भएको छ भने ७ लाख ४७ हजार ९९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म ६ लाख ७७ हजार ८९० जनालाई संक्रमण भएको छ भने १४ हजार ३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा १२ हजार १२१ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार १४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा बुधवार मात्रै ३५ हजार २४४ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २०९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?