घटे टेलिफोन प्रयोगकर्ता, एनसेलले पनि प्रयोगकर्ता गुमायो

पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो ।

१२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले टेलिफोन प्रयोगकर्ता घटेको हो । ०७६ साउनमा टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख १ हजार ४२० थिए । ०७७ असारमा उक्त संख्या ३ करोड ७८ लाख ८५ हजार ९१६ मा झरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यस्तै एनसेलले १४ लाख प्रयोगकर्ता गुमाएको पनि समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?