काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४ हजार ७ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७८ लाख ९८ हजार ८ सय ६० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९९ लाख ५३ हजार १ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ४ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९४ हजार ४ सय ६३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ४ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६५ लाख २६ हजार ७ सय १६ पुगेको छ । हालसम्म ३८ लाख ७ हजार १ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय १३ पुगेको छ । बितेको २४ घण्टामा ६६ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ लाख ३३ हजार ७ सय ८ पुगेको छ । हालसम्म ३४ लाख ४९ हजार ४ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ९० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १४ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४१ लाख ७९ हजार ४ सय ७१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २८ हजार १ सय १९ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३३ लाख ९७ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ६ सय २ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार १ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको र १ सय ४२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ४१ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ५६ हजार ४ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म ३० हजार १ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ९६ हजार १ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख २९ हजार ७ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै कोलम्बोमा हालसम्म ६ लाख ७९ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको र २१ हजार ८ सय १७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म ५ लाख ४१ हजार ४ सय ६२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ सय ६२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ४२ हजार ८ सय ६० पुगेको छ । हालसम्म कोरोनाको कारण ६८ हजार ४ सय ८४ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ७ सय ३ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ५१ हजार १ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ८६ पुगेको छ । हालसम्म ६ लाख ४० हजार ४ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ७६ हजार ७ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ६ सय २८ पुगेको छ । हालसम्म ५ लाख ४३ हजार ३ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ हजार ५१ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ८ हजार ८ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ३४ जनाको कोरोना कारण ज्यान गएको छ ।
अर्जेन्टिनामा हालसम्म कोरोनाको कारण १० हजार ४ सय ५७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ५ लाख ३४ जनामा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांकअनुसार ३ लाख ८२ हजार ४ सय ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ७ सय १९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय २ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख २७ हजार २७ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ९९ हजार ५ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ४२ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको र २० जनाको कोरोनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया