काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४ हजार ६ सय ४४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७८ लाख ८७ हजार ८ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ९९ लाख ४१ हजार २ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ४ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९४ हजार ४ सय ६३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ४ सय ५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६५ लाख २६ हजार ७ सय १६ पुगेको छ ।
हालसम्म ३ लाख ७ हजार १ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया