काठमाडौं । रुपन्देहीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चर्वारी-६ हडसरी बस्ने १९ वर्षीय इसरार पठानलाई मंगलबर साँझ प्रहरीले पक्राउ गरेको हो । खेतमा घाँस काट्ने क्रममा ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया