काठमाडौं । जबरजस्ती करणी अभियोगमा कैलालीबाट होटल संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार पक्राउ पर्नेमा कंचनपुर भिमदत्त नगरपालिका-९ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका ४ स्थित होटल संचालन गर्दै आएका बर्ष २० को सन्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका १ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका २ बस्ने बर्ष २४ को दिपक भट्ट र अजयमेरु गाउपालीका १ बस्ने २१ को टंक धामी रहेका छन् ।
४ जनाले होटलमा बोलाई एक महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया