दाङ । दाङमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाडका अनुसार जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ज्यामिरे दह (ताल) मा पौडी खेल्न गएका सोही वडा स्थित कलमघारीका २२ वर्षिय युवक जीवन बुढाको डुबेर मृत्यु भएको हो ।
आज दिउँसो साथीहरुसँग दहमा नुहाउन गएका बुढाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरु भने सकुसल रहेका छन् ।
तीन दिन पनि घोराही उपमहानगरपालिका वडा नं ४ भकारे स्थित कृतिम तालमा डुवेर २२ वर्षिय गोपाल सुनारको मृत्यु भएको थियो ।प्रहरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया