२ महिलालाई जबरजस्ती गर्ने पक्राउ

काठमाडौं । कास्कीमा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

३१ वर्षीया र ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपलिका-७ शान्तिनगर ठेगाना भएका ३७ बर्षीय बामदेव सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा जबरजस्ती करणी गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?