तिब्बती पर्वअघि अर्बौं लगानीका परियोजनामा हस्ताक्षर

ल्हासा । यस वर्षको परम्परागत शटन महोत्सवको लगानी प्रवर्द्धन गतिविधि मंगलबार दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा सम्पन्‍न भएको छ । यस अवसरमा ४१ परियोजनाहरुमा हस्ताक्षर भएको छ ।

परियोजनाहरूको कुल लगानी १७।५६ बिलियन युआन रहेको छ । जसमा सांस्कृतिक पर्यटन, आधुनिक सेवाहर र उच्च प्रविधिसहितका डिजिटल उद्योगजस्ता प्रमुख उद्योगहरू समावेश छन् ।

योगुर्ट फेस्टिभलको रूपमा परिचित शोटन फेस्टिभल तिब्बतीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण चाडपर्वहरूमध्ये एक हो । यो ११ औं शताब्दीमा यहाँका बासिन्दाहरूले ध्यान गरिसकेपछि दही चढाउने धार्मिक समारोहको रूपमा सुरु गरेका थिए ।

यस बर्षको उत्सव बुधवारदेखि सुरु भएको छ । एक हप्तासम्म चल्‍ने यस समारोहमा कला प्रदर्शन, खेलकुद प्रतियोगिता, व्यवसाय वार्ता, र मनोरन्जन पर्यटनजस्ता गतिविधिहरू प्रस्तुत गरिएका छन् ।

२०२० को पहिलो ६ महिनामा ल्हासाको क्षेत्रीय जीडीपी ५।३ प्रतिशतले वृद्धि भएको छ भने सहरको स्थिर सम्पत्ति लगानी१७।१ प्रतिशतले बढेको छ ।

सहरले यस अवधिमा शहरी र ग्रामीण प्रति व्यक्ति आम्दानीमा पनि वृद्धि भएको जनाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?