स्वास्थ्य मन्त्रालयको ‘अनुरोध’ पढ्नुभयो ? आफ्नो मानसिक स्वास्थ्यको ख्याल गरौँ !

काठमाडौं-  विश्वभर आतंक फैलाएको कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीसँगै नेपालमा आत्महत्या गर्नेको दर ३० प्रतिशतसम्म बढेको भन्दै स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्यको विशेष हेरचाह गर्न अनुरोध गरेको छ।

आज भएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्ने जानकारी दिँदै कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या गर्नेको संख्या २० देखि ३० प्रतिशतले बढेको बताए ।

मन्त्रालयको १७० औं प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता जागेश्वर गौतमले कोरोना सक्रमण बढेसँगै धेरै जनामा मानसिक समस्या बढेका सूचना धेरै माध्यमबाट प्राप्त भएको यो परिस्थितीमा सबैले आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका हुन् ।

यो अनुरोध पढ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?