काठमाडौं । वीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
तरुण दल केन्द्रीय समितिले बुधबार छुट्टाछुट्टै कार्यक्रमका गरी उक्त स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई १००० थान मास्क, २० थान पी।पी।ई सेट र २० थान फेस शिल्ड हस्तान्तरण गरेको तरुणदल अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।
त्यस्तै वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई १००० थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड समेत हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा तरुण दलका अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
तरुण दलले कोरोना महामारीमा बेला विभिन्न ठाउँमा गइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भने बाढी पहिरो पीडितको उद्धार तथा राहतमा समेत सहयोग पुर्याएको छ ।

साथै यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याइदिने नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खान ज्यूलाई दल केन्द्रीय समितिले धन्यवाद समेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया