काठमाडौं । चीनले आफ्नो पहिलो कोरोनाविरुद्धको भ्याक्सीनको एक ट्रेड फेयरमा पेश गरेको छ ।
सोमवार बेइजिंगमा आयोजित इभेण्टमा चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएको भ्याक्सीन प्रदर्शनको लागि राखिएको हो ।
अहिलेसम्म दुबै भ्याक्सीन बजारमा आएको छैन ।

यी भ्याक्सीनको तेश्रो चरणको ट्रायल चलिरहेको छ । रिपोर्टमा भने चीनमा पहिले नै मानिसमा यो भ्याक्सीन दिइएको छ ।

सिनोभ्याक कम्पनका एक अधिकारीले एएफपीलाई कम्पनीले पहिल्यै फ्याक्ट्रीको निर्माण पुरा गरेको छ । जसले एक वर्षमा भ्याक्सीनको ३० करोड डोज तयार गर्न सक्षम रहेको छ ।

बेइजिंगमा आयोजित ट्रेड फेयरमा भ्याक्सीन हेर्न धेरै मानिस आएका थिए । कोरोना भाइरसका कारण चीनलाई धेरै देशको आलोचना सहनु परिरहेको छ । तर अब चीन कोरोनाबाट लगभग मुक्त भईसकेको छ ।

सिनोफार्म कम्पनीले आफ्नो कोरोना भ्याक्सीनबाट तयार भएको एन्टीबडीज व्यक्तिको शरीरमा ३ वर्षसम्म काम गर्ने बताएको छ । तर फाइनल रिजल्ट अझै आउन बाँकी छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया