रौतहट । रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा यातना दिएको भन्दै रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्लाको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो ।
हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।
उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बन समेत गरिएको छ ।
यद्यपी एसपी खड्कालाई त्यहाँबाट हटाइ प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । भने उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया