काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ रहेको छ ।
कुल संक्रमित मध्ये ६८.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ३११३ जना
प्रदेश २ मा ९७१३ जना
वाग्मती प्रदेश ५०९७ जना
गण्डकी प्रदेशमा २०३८ जना
प्रदेश ५ मा ५९१९ जना
कर्णाली प्रदेशमा २४१० जना
सुदूरपश्चिम प्रदेशमा ५५९२ जना
नेपालमा आज (बुधवार) एकैपटक १ हजार ८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३१२ जनाको मृत्यु भएको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत अर्थात् एक्टिभ केस १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ३७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ८८ जना छन् । तिमध्ये १६२ जना संक्रमितको आईसियु र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया