काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको ६८ दशमलव ८ प्रतिशत अर्थात ३३ हजार ८ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ९ सय १८ जना कोरोना मुक्त भएको र ६ जनाको कोरोनाको कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया