काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुष र काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै कास्कीमा ७३ वर्षिया महिला, अर्घाखाँँचीमा ४२ वर्षिय पुरुष, बाँकेमा ८० वर्षिया महिला र नवलपरासीमा ६४ वर्षिय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
बितेको २४ घण्टामा १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो ।
काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन् । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ ।
संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ , गण्डकी प्रदेशमा ७ सय ३३ जना, प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना रहेका छन् ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बाग्मती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन् ।
बितेको २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् ।
प्रदेश नम्बर १ मा ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बाग्मती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना, प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा २ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् ।
५ हजार ८० जना क्वारेन्टाईनमा रहेका छन् ।
बितेको २४ घण्टामा कुन जिल्लामा थपिए कति जना मन्त्रालयको विवरण हेर्नुहोस् :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया