काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ५ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालका ५ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
संक्रमण मुक्त ५ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
त्यस्तै, नेपालमा आज (बुधवार) एकैपटक १ हजार ८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३१२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६८.८ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच हालको अवस्थामा उपचाररत अर्थात् एक्टिभ केस १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ३७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ८८ जना छन् । तिमध्ये १६२ जना संक्रमितको आईसियु र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।
यस्तै, हालको अवस्थामा मोरङ सुनसरी सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देही जिल्लामा ५०० बढी संक्रमित उपचाररत रहेका छन् भने जिरो संक्रमित अर्थात् हालको अवस्थामा संक्रमित नभएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया