काठमाडौं । नेपालमा आज (बुधवार) एकैपटक १ हजार ८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- मोरङ
- सर्लाही
- चितवन
- रुपन्देही
- सुनसरी
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३१२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६८.८ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हिजो (मंगलवार) ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच हालको अवस्थामा उपचाररत अर्थात् एक्टिभ केस १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ३७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ८८ जना छन् । तिमध्ये १६२ जना संक्रमितको आईसियु र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।
यस्तै हालको अवस्थामा मोरङ सुनसरी सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देही जिल्लामा ५०० बढी संक्रमित उपचाररत रहेका छन् भने जिरो संक्रमित अर्थात् हालको अवस्थामा संक्रमित नभएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया