२०२१ मा ओलम्पिक जसरी पनि हुन्छ : आईओसी उपाध्यक्ष

काठमाडौं । २०२१ मा ओलम्पिक ‘टोकियो ओलम्कि’ जसरी पनि गर्नुपर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का उपाध्यक्ष जोन कोट्सले कोरोना महामारी नियन्त्रणमा नआए पनि २०२१ मा ‘टोकियो ओलम्कि’ गर्ने बताएका हुन् ।

कोरोना महामारीका कारण २०२० जुलाईमा हुने तय भएको ओलम्पिक खेल एक वर्षका लागि स्थगित गरिएको थियो । जापान सरकार, जापानी आयोजक, आईओसी तथा आईओसीका सदस्य राष्ट्रहरुको सामूहिक निर्णयमा २०२१ जुलाई २३ बाट शुरु हुने गरी एक वर्षका लागि ओलम्पिक स्थगित गरिएको थियो ।

टोकियो २०२० का अध्यक्ष योशिरो मोरीले २०२१ मा आयोजना गर्न नसके ओलम्पिकको यो संस्करण रद्द गर्नुपर्ने बताएका छन् । हाल कोरोना भयावहका कारण जापानका सबै अन्तर्राष्ट्रिय सिमा-नाका बन्द छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?