काठमाडौं । उत्तर कोरियाका तानाशाह किम जोङ उन फेरि एकपटक चर्चामा छन् ।

किमले उत्तर कोरियामाआएका टायफून नामक तूफानबाट भएको नोक्शानबाट रुष्ट बनेका छन् ।

उनले तूफानबाट भएको क्षतिप्रति रोष प्रकट गर्दै आफ्ना अधिकारीलाई सजाय दिने घोषणा गरेका छन् । उक्त तूफानले उत्तर कोरियामा धेरै क्षति पुर्याएको थियो ।

किमले पहिला नै त्यहाँका मानिसलाई अर्को स्थानमा लान आदेश दिएका थिए ।

बीबीसीले स्थानीय मिडियाको श्रोत बताउँदै आफ्नो रिपोर्टमा टायफून तूफानको तयारीमा बिफल भएकोमा तटीय शहर वानसनमा अधिकारीहरुलाई दोषी ठहर्याउँदै सजाय दिने घोषणा गरिएको हो ।

तूफानबाट केके क्षति भयो भन्ने बारेमा भने केहि बताइएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया