काठमाडौँ, २३ फागुन – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशलाई सुशासन र समृद्धिको प्रदेश बनाउने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले शासक नभई सेवकका रुपमा प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रदेश नं २ मा कृषि विकासको ठुलो सम्भावना छ त्यसका लागि समयमै मल पुग्न सकेको छैन, त्यसको पूर्ति गर्दै कृषिमा विकास गर्नु आवश्यक छ”– उहाँले भन्नुभयो । अहिले मन्त्रालयको कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन र भौतिक संरचना निर्माणमै व्यस्त भएको मुख्यमन्त्री राउतको भनाइ छ । मुख्यमन्त्री राउतले अहिले नै संघीयता ठिक वा बेठिक भन्ने समय नआइसकेको हुँदा अनावश्यक टीकाटिप्पणी नगर्नसमेत आग्रह गर्नुभयो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनअनुसार कडा कारबाही गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया