पोर्चुगलको जितमा रोनाल्डोको राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमानी पुरा

काठमाडौं । पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ । क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोल गरेसँगै पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको हो ।

क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनलाई२–० ले पराजित गरेको छ ।

पहिलो हाफको अन्तिम मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् ।

उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बने । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।

अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गरेका छन् ।

पछिल्लो हप्ता रोनाल्डो बिनाको पोर्चुगलले क्रोएसियामाथि ४–१ को शानदार जित हात पारेको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?