कोरोना भ्याक्सिनको ट्रायलमा झट्का, परिक्षण गरिएका व्यक्ति बिरामी परेपछि रोकियो क्लिनिकल ट्रायल !

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्ध बनाइएको भ्याक्सिन प्रयोग गरिरहेका अवस्थामा एक व्यक्ति बिरामी भएपछि कोरोना भ्याक्सिनको ट्रायलमा नराम्रो झट्का लागेको छ ।

एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धका खोपका लागि अन्तिम क्लिनिकल परीक्षणहरू भइरहेका बेला एक सहभागीमा बेलायतमा प्रतिकूल प्रतिक्रिया देखीएपछि रोक लगाइएको छ।

अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिन बजारमा आउने र स्थिर अवस्थामा रहेको विश्व चलायमान हुनसक्ने अपेक्षाकाबीच यो खबर बाहिरीएको हो ।

यो झट्कासँगै अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल पनि स्थगित गरेको छ ।

हाल परिक्षण भइरहेका विभिन्न औषधीहरुको तुलनामा यो सबैभन्दा अगाडी थियो भने उसले तेस्रो चरणको ट्रायल गरिरहेको थियो ।

Two scientists in lab coats at mAbxience's Buenos Aires laboratory.

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यहि भ्याक्सिन बजारमा सबैभन्दा पहिलो आइपुग्ने जनाएका थिए । यसमा लागिपरेका अनुसन्धानकर्ता पनि निश्चिन्त थिए ।

खोप परीक्षणको नतीजालाई विश्वले नियालिरहेको थियो । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भईरहेको परिवेशमा विश्वका नामूद चिकित्सक डाक्टर र वैज्ञानिकहरु दिनरात कोरोनाविरुद्धको भ्याक्सिन बनाउन, औषधीको खोजीमा लागिपरेका छन् । परिणामस्वरुप विश्वभरमा करिब एक दर्जन स्थानमा यस भाइरसविरुद्धको क्लिनिकल ट्रायल जारी छ ।

कोरोनाविरुद्धको खोपहरू क्लिनिकल अध्ययनको तीन चरणमा पार गरिसकेपछि नियामक स्वीकृतिको लागि मात्र आवेदन दिने प्रतिबद्धता दर्ता गर्ने नौ फर्ममध्ये एस्ट्राजेनेका पनि एक हो ।

Scientist at the Oxford Vaccine Group's facility in Oxford on 24 June 2020

यसको बाबजुद, चीन र रसियाले घरेलु रूपमा विकसित खोपहरूको साथमा केही प्रमुख कामदारहरूलाई खोप दिन थालेका छन्। ती सबैलाई अझै पनि डब्लुएचओद्वारा क्लिनिकल परीक्षणहरूमा सूचीबद्ध गरिएको छ।

कोरोना भाईरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार जना सामेल भएका थिए ।

अब के हुन्छ ?
निकै आशातित यो भ्याक्सिनको ट्रायल हाललाई रोकिएको छ । बिबिसीका अनुसार अक्सफोर्डले विश्वभर गर्दै आएको परिक्षणमा अब एक स्वतन्त्र जाँच हुनेछ । यसमा सुरक्षा मानकको पनि समीक्षा गरिनेछ । त्यसपछि नियामक निकायले ट्रायल फेरि सुरु गर्ने कि नगर्ने भन्ने निर्क्यौल गर्ने बताईएको छ ।

AstraZeneca COVID-19 vaccine study paused after one illness

परिक्षणको क्रममा यदि कोही व्यक्ति बिरामी हुन्छ र अस्पतालमा भर्ना गर्दा पनि ऊ बिरामी हुनुको कारण पत्ता लाग्दैन भने यस्तो किसीमको ट्रायललाई रोकिन्छ। पहिलो र दोस्रो चरणको खोप सफल भएपछि तेस्रो चरणको परिक्षण सुरु गरिएकोमा एक सहभागिमा अस्पष्ट किसीमको रियाक्सन देखिएको हो ।

A medical professional wearing gloves disinfects a patient's arm ahead of vaccination.

अमेरिकाका साथै बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा ३० हजारबढी सहभागिहरु रहेका छन् । प्रवक्ताले भनेका छन्, प्रमुख परीक्षाहरूमा नियमित हुन्छन्, र कुनै पनि सहभागिलाई अस्पतालमा भर्ना हुँदा उनीहरूको रोगको कारण तुरून्त स्पष्ट हुँदैन। समय लाग्छ । उनले फेरि केहि दिनमा परिक्षण हुनसक्ने संकेत गर्दै बताएका छन् कि यो केहि दिनहरुमा परीक्षणहरु पुनः सुरु हुन सक्छ भन्ने लाग्छ।

AstraZeneca pauses Oxford Covid-19 vaccine trial after unexplained illness

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ‘ठूलो ट्रायलमा बिरामी हुने सबै सम्भावनाहरु हुन्छन् तर यसको सावधानीपूर्वक जाँच अत्यन्त जरुरी छ ।’ उनलाई उदृद गर्दै बिबिसीले लेखेको छ ।

A researcher using a pipette

हाल विश्वका धेरै देशले विभिन्न चरणमा भ्याक्सिन परिक्षण गरिरहेका छन् ।

A general view of an analytical chemist at AstraZeneca headquarters in Sydney

ट्रायल पर रोक बड़ा मसला नहीं

सुरक्षा को ध्यान में रखते हुए ट्रायल पर रोक

भारत में भी क्लीनिकल ट्रायल में देरी (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको सामाग्री । समाचारमा दिईएको लिंक ब्याकमा क्लिक गरेर वृस्तितमा अध्ययन गर्न सक्नुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?