सुशान्त आत्महत्या प्रकरण : १४ दिनका लागि भायखला जेलमा बस्ने भईन् रिया चक्रवर्ती

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्या प्रकरणबारे अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरणको अनुसन्धान सीबीआईले गरिरहेको छ । हरेक दिन नयाँ नयाँ रहस्य खुलिरहेका छन् ।

यसैबीच उनकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले ड्रग्स लिने गरेको स्विकारेकी छन् ।

एनसीबीले गरेको लगातार सोधपुछको तेश्रो दिन उनले आफूले ड्रग्स लिने गरेको बताएकी हुन् । त्यसपछि उनको कोरोना परीक्षण गरिएको थियो ।

जसमा उनको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको छ । ड्रग्स कारोवारमा सहभागी बनेकोमा उनलाई अदालतले १४ दिनको जेल सजाय सुनाएको छ ।

उनी १४ दिनका लागि न्यायिक हिरासतमा बस्ने भएकी हुन् । उनलाई भायखला जेलमा राखिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?