काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको कारण ९ लाख १ हजार ६२९ जनाको मृत्यु भएको छ भने २ करोड ७७ लाख २८ हजार ६४२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ९८ लाख २० हजार १६२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ४३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट प्रताडित देश अमेरिकामा अहिलेसम्म १ लाख ९४ हजार ३२ जनाको मृत्यु भएको छ भने ६५ लाख १४ हजार २३१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३७ लाख ९६ हजार ७६० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २३ हजार ४३९ जना उपचाररत छन् । त्यस्तै अमेरिकामा १४ हजार ४६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १३ हजार ८३५ जनाको मृत्यु भएको छ भने ७ लाख ४४ हजार ८९५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १३ हजार ९०८ जनाको मृत्यु भएको छ भने ६ लाख ७२ हजार ६१९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६ लाख ५० हजार ९२ जना फ्लोरिडामा संक्रमित रहेका छन् भने ११ हजार ९१९ जनाको मृत्यु भएको छ ।
यसैबीच अमेरिकामा मंगलवार मात्रै २८ हजार ५६१ जना संक्रमित थपिएका छन् भने ४९८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया