काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन परेको मान्छेलाई कसरी च्याप्छन् भन्ने कुराको सानो उदाहरण हो, डा. युवराज खतिवडाको अर्थमन्त्रीमा कार्यकाल सकिनु १० दिनअघि नै पुनः राष्ट्रियसभा सदस्य मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस ।
एउटा वाक्य उच्चारणमा सामान्य त्रुटी भएबापत कानुन मन्त्रीबाट राजीनामा दिनुपर्ने स्थितिमा पुगेका शेरबहादुर तामाङको हकमा यस्तो सदाशयता प्रकट भएन । तर, युवराजलाई अचम्मैसँग १० दिनअघि नै फेरि राष्ट्रियसभा सदस्यमा सिफारिस गरियो ।
प्रधानमन्त्रीले पठाएको भन्दैमा राष्ट्रपतिले तत्काल स्वीकृत गरी मनोनयनको सूचना राष्ट्रियसभालाई दिइनन् । बरु, रोकेरै राखिन् । र, बालुवाटारका सल्लाहकारहरुबीच चलेको चर्चाअनुसार उनले भनिन्, ‘अहिले यसो नगरौँ, वामदेव कमरेडलाई नबिच्क्याऔँ ।’ राष्ट्रपतिको यस्तो आग्रहमाथि प्रधानमन्त्रीले दिएको जवाफ चकित पार्ने खालको थियो । भने, ‘केपी ओलीले एउटा काम दोहो¥याएर गर्दैन भन्ने थाहा होला नि !’ कुनै बेला फेरि गृहमन्त्री बन्न प्रस्ताव गरिँदा ‘एउटा कक्षा दोहो¥याएर पढ्दिनँ’ भनेकै शैलीमा उनको जवाफ थियो त्यो । तर, कुनै कालखण्ड वा परिस्थिति यस्तो आउँछ कि गर्दिनँ भनेको काम पनि गर्नुपर्ने हुन्छ । स्थिति सधैँ सोचेअनुकूलको हुँदैन । हिसाब–किताब फेर्नुपर्ने पनि हुनसक्छ । अन्ततः प्रधानमन्त्री आफैँले ६ महिनापछि पार्टीको सचिवालय बैठकमा वामदेवलाई राष्ट्रियसभामा लैजान प्रस्ताव गर्नुपरेको खबर जनआस्था साप्ताहिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया