भारतमा विकराल बन्दै कोरोना संक्रमण : एकैदिन थपिए ८९ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको कारण ९ लाख १ हजार ६२९ जनाको मृत्यु भएको छ भने २ करोड ७७ लाख २८ हजार ६४२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९८ लाख २० हजार १६२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ४३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट प्रताडित देश भारतमा अहिलेसम्म ७३ हजार ९२३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ६७ हजार ४३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख ९६ हजार २७ जना संक्रमण मुक्त भएका छन् भने ८ लाख ९७ हजार ४८६ जना उपचाररत छन् । भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार ८९ हजार ८५२ जना संक्रमित थपिएका छन् भने १ हजार १०७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?