कास्कीकोट गुप्तकालीका मन्दीरमा नव दुर्गा महोत्सव जारी छातीमा राखेको जमरा हेर्नेको भिड

पोखरा ९ असोज ।पोखरा लेखनाथ महानगर पालीका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा आयोजीत नव दुर्गा महोत्सव जारी रहेको छ । विश्व शान्ती कामनार्थ नव दुर्गाको दश दिन यहा विहान वेलुका नगरा पुजा पाठ हुने गर्छ । गुप्तकालीका मन्दीर परीसरमा आफ्नो छातीमा जमरा राखेर निराहार तथा मौन व्रर्त वसेका लेखनाथ सुवेदीलाई हेर्नेरुको भिड लाग्न थालेको गुप्तकाली धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।मन्दीरको उन्यनका लागी उनी छातीमा जमरा राखी व्रर्त वसीरहेका छन् । सप्तमीको दिन पोखराको राम घाट वाट भजन कृर्तन सहित फुल पत्रको डोली मन्दीरमा प्रवेश गराउने गरीन्छ सोही दिन विश्वमानै लोप उन्मुख कुवर जातीको सरुङ खेल सत्रौ शताव्दीका ढाल तरवार तथा नगरा धोपहरु समेत प्रर्दशन गरीने समितीका अध्यक्ष दिलीप विक्रम शाहीले वताउनु भयो । गुप्तकालीका मन्दीरमा तान्त्रीक तथा वैदीक पुजा हुन्छ मन्दीरको दर्शन गर्न टाढा टाढा वाट हजारौ सर्दालु भतm जनहरुको उपस्थीती रहने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?